General Health Information

General Health Information

SPINE

spinal

"Spine is our lifeline" - मेरुदण्ड मानव शरीरको एक महत्वपूर्ण अंग हो। जसलाई मानव शरीरको जरा पनि भन्ने गरिन्छ र यो हाम्रो जीवनको जीवनरेखा हो। किनभने आमाको गर्भमा जब बच्चाको जन्म हुने हुन्छ तब मानव शरीरको सबैभन्दा पहिलो विकास हुने अंग भनेको दिमाग हो। त्यसपछि विकास हुने अंग भनेको मेरुदण्ड हो। यसैबाट सम्पूर्ण शरीरको नसा निक्लने गर्दछ। जसले शरीरको सम्पूर्ण अंगलाई दिमागसँग जोड्ने काम गर्दछ।
विशेषगरी पुरुषमा मेरुदण्ड ४५ सेन्टिमिटर र महिलामा ४३ सेन्टिमिटर लामो हुने गर्दछ। यो दिमागको तल्लो भागबाट लिएर कम्मरको पुछार Hipe Bone सम्म हुने गर्दछ। मेरुदण्ड मुख्य गरेर २४ टुक्रामा बाँडिएको हुन्छ जसलाई Vertebrae भन्ने गरिन्छ। प्रत्येक हड्डी Vertebrae को बीचमा एक Disk हुने गर्दछ। मेरुदण्ड जब टाउकोदेखि कम्मरसम्म जाँदा बिस्तारै मोटो हुने गर्दछ।
मेरुदण्ड मानव शरीरका लागि एक जरासमान हुने गर्दछ। किनकि यसले हाम्रो शरीरको सूचना आदानप्रदान गर्ने गर्दछ। यसले हाम्रो शरीरलाई सही आकार दिनुका साथै कैयौं भित्री अंगहरूको सुरक्षा पनि दिने गर्दछ। हाम्रो दैनिक कार्य जस्तै हिँडडुल गर्नु, उठ्नु, बस्नु, झुक्नु आदि सबै काम मेरुदण्डको माध्यमबाट मात्र सम्भव छ। हामी यसलाई दिनमा चौबीसै घण्टा प्रयोग गर्दर्छौं। यहाँसम्मकी जब हामी विस्तारामा पल्टेर सुत्ने गर्दछौं त्यति बेला पनि मेरुदण्डमा दबाब पर्ने गर्दछ। गलत तरिकाबाट हिँडदा, बस्दा, अत्यधिक तौल उठाउँदा मेरुदण्डमा अत्यधिक दबाब पर्ने गर्दछ। जसले गर्दा Disk आफ्नो ठाउँबाट सर्ने गर्दछ। यस्तो अवस्थालाई हामी Slip Disk भन्ने गर्दछौं।
कम्मर दुखाइ, घुँडा दुखाइ आदि मेरुदण्डद्वारा सुरु हुने रोग हो। जुन मानव शरीरमा अत्यन्तै नराम्रो प्रभाव देखाउने गर्दछ। यीबाहेक पनि अरू कैयौं रोगको कारण प्रत्यक्ष अप्रत्यक्ष मेरुदण्डको अव्यवस्थित नै हुने गर्दछ। किनकि मेरुदण्डले दिमाग र अरू अंगहरूको बीचमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ। यदि हाम्रो मेरुदण्ड स्वस्थ छ भने हामी स्वस्थ जीवन बाच्न सक्दछौं। यदि हाम्रो मेरुदण्डमा समस्या आयो भने हामी स्वस्थ रहन सक्दैनौं। यसैले यो अत्यन्तै जरुरी छ कि हामीले आफ्नो मेरुदण्डको ख्याल राख्नु पर्दछ। यसमा कहिल्यै समस्या नआओस्।
मेरुदण्डलाई मुख्यतया तीन भागमा बाँडिएको हुन्छ।

  • १. गर्दनको भाग (Cervical)
  • २. ढाडको भाग (Thoresic)
  • ३. कम्मरको भाग (Lumbar)
  • ४. कम्मरको तल्लो भाग (Sacrum and cocxy)

  • Cervical सँग सम्बन्धित अंगहरू

    • दाँत, गाला, कान, मुखका हड्डी
    • साइनस, जिब्रो, आँखाको नानी, आँखा, निधार
    • टाउको मस्तिष्क, टाउको रक्तनली पठाउने भाग
    • स्वरयन्त्र, गलाको ग्रन्थि, रुद्रघण्टी
    • मुख, ओठ, कानको नली, नाक, थाइराइड ग्रन्थि
    • काँध, टन्सिल, घाँटीको मांसपेशी
  • Thoracic सँग सम्बन्धित अंगहरू

    • आमाशय, नाभिचक्र, मुटु, रगत, छाती, कलेजो, मुटु भल्व
    • पित्तथैली, कलेजो, श्वासनली, भोजन प्रणाली, गर्भाशयनली, आन्द्रा
  • Lumbar सँग सम्बन्धित अंगहरू

    • खुट्टा, तिघ्रा, पेट, साप्रो, एपेण्डिक्स ग्रन्थिहरू, अण्डकोष, घुँडा, ठूलो आन्द्रा, Hipe Bone
    • उल्लिखित अङ्गहरू सबै मेरुदण्डद्वारा निक्लिएको नसासँग सम्बन्धित हुन्छन्। यी नसाले मानवशरीरको दिमागदेखि अंग र अंगदेखि दिमागसम्मलाई (Signal) सूचना पुर्‍याउने काम गर्दछ। यदि मेरुदण्डमा एउटा नसा थिचियो भने जुन अंगसँग सम्बन्धित नसा हो त्यो अंगले काम गर्न बन्द गर्दछ। जसले गर्दा अनेक प्रकारका रोग लाग्ने गर्दछ।
    • मानव शरीरमा कम्मरको तल्लो भागले (Lumbar Area) महत्वपूर्ण काम गर्ने गर्दछ। जब हामी सीधा उभिन्छौं तब हाम्रो कम्मरको तल्लो भागले शरीरको उपल्लो भागलाई सहारा दिने गर्दछ। जब हामी झुक्दछौं, घुम्छौ अनि कम्मरलाई घुमाउँछौं तब हाम्रो कम्मरको तल्लो भागले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ। जसद्वारा हाम्रो शरीरको महत्वपूर्ण भाग प्रभावित हुने गर्दछ। यसको प्रभाव कम्मरको हड्डी मांसपेशीहरू र / Ligaments तर्फ देख्न सकिन्छ। विशेष गरेर यो तब थाहा हुन्छ जब शरीरको माध्यमद्वारा विभिन्न प्रकारको हलचलमा यसको प्रयोग गर्ने गर्दर्छौ। हाम्रो शरीरमा कम्मरको हड्डीले जसरी हेरचाह गर्ने गर्दछ ठीक त्यसैगरी यसले पनि हाम्रो गुप्ताङ्ग पेटसँगका अंगहरूलाई हेरचाह गर्दछ।
    • आजकल कम्मर दुखाइ सामान्य हुन थालेको छ। बढी उमेर भएकाहरू मात्र नभई कम उमेरका पनि कम्मर दुखाइबाट पीडित छन्। यसको समस्या मुख्य चार प्रकारबाट हुने गर्दछ।
      • (क) कम्मरको हड्डीमा समस्या
      • (ख) कम्मरको मांसपेशीमा समस्या
      • (ग) रठीको हड्डीमा ट्युमर या संक्रमण र
      • (घ) दिमागी तनाव
    • विशेषतः धेरैजसो परिस्थितिमा मांसपेशीहरूको समस्याको कारण नै कम्मरको दुखाइ हुने गर्दछ। मांसपेशीमा चिसो लाग्नु, गलत तरिकाबाट उठबस गर्नु, धेरै बेरसम्म एउटै अवस्थामा काम गर्नु, धेरै गह्रौं सामान उठाउनु आदि कारणले मांसपेशीमा समस्या आउन सक्दछ। कम्मरमा दुखाइ हुनुको मुख्य कारण उठाइ–बसाइ, हिँडडुल गर्नु, गलत तरिकाको सुताइ, दिमागी तनाव, ढाडमा ट्युमर, स्पाइनाबाइफिडा वा स्पोडाइलुलिस्थेसिस जस्तो जन्मजात विकृतिहरू, मेरुदण्डमा चोट वा डिस्कमा समस्या, मायोफाइब्रोसाइटस, एर्काइलोसिँग, स्पोंडुलासिस जस्तो ढाड वा कम्मरको मांसपेशीमा संक्रमण स्पोंडुलासिस र आंस्टियोपोरोसिस जस्तो उमेरसँग जोडिएका रोगहरू र शारीरिक कसरत नगर्नाले यस्तो समस्या देखिन्छ।

कोषः(Cell)

मानिस : जनावर तथा बोटबिरुवाको आधारभूत संरचना र कार्यगत एकाईलाई कोष भनिन्छ।

तन्तु(Tissue)

एकै प्रकृतिका कोषहरूको समूह जसले विशेष कार्य गर्छन्।
  • मानव कोषमा २३ जोडा (४६ वटा) क्रोमोजोमहरू (chromosomes) हुन्छन्। विभिन्न खाले तन्तुहरू मिलेर खास काम गर्दछन।
  • विभिन्न तन्तुहरू मिलेर अंग organ बन्छ।
  • अंगहरू मिलेर एउटा निश्चित काम गर्दछन जसलाई प्रणाली भनिन्छ।

कोष तथा तन्तु (Cell and Tissue)

कोष (cell)

cell

यो आधारभूत संरचनागत एकाई हो। त्यो कोषलाई विशेष प्रणालीले काम गर्ने उपयुक्त वातावरण दिएको हुन्छ। त्यसका लागि सबै कोषहरूलाई स्वस्थ राख्ने वातावरण दिन आन्तरिक रूपमा तरल पदार्थको आवश्यक प्रबन्ध भएको हुन्छ। यसलाई homeostasis भनिन्छ। आन्तरिक रूपमा कोषहरूलाई स्वस्थ बनाई राख्न धेरै परिमाणमै भए पनि धेरै तत्वहरूको आवश्यकता पर्दछ। जसमा ताप, पानी, र electrolytes concentrate अम्लीयपन, Endoplasmic reticulum, Nucleus, Mitochondrion, Ribosome, Secretary granules, golgi apparatus organelles रहेका हुन्छन्।

  • Nucleus is the largest cell organelle of the cell.
  • Chromes को functional Sub-Unit लाई gene भनिन्छ। प्रत्येक gene मा एक जोडा nucleotides हुन्छन्।
  • प्रत्येक Geneले एउटा Enzyme बनाउँछ। कुनै पनि gene missing भएमा त्यसले बनाउने Specific enzyme पनि हराउँछ र त्यसैको कारण कुनै न कुनै समस्या देखा पर्न सक्छ।
  • RNA (Ribonucleic acid) बन्ने पक्रियामा DNA मा भएको नभलभ ले नियन्त्रण गर्दछ।
  • Mitochondria ले कोषीय श्वासप्रश्वासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। ATP (Adenosine Triphosphate) Mitochondria मा सञ्चित शक्तिको एक रूप हो। यो High Energy युक्त तत्वको रूपमा कार्बोहाइड्रेट र चिल्लो पदार्थको Catabolism बाट निर्माण हुन्छ त्यसैले यसलाई कोषको शक्तिगृह पनि भनिन्छ।

Ribosome

Ribosome कोष भित्र हुने स–साना प्वाल भएका दानादार आकार संरचना RNA and Protein को मिश्रित रूप हो। यही Ribosome ले नै कोषभित्र प्रयोग हुने एचयतभष्ल को समेत निर्माण गर्दछ।

  • कोष विभाजन २ प्रकारले हुन्छ
  • माइटोसिस (Mitosis)
  • मियोसिस (Meiosis)

माइटोसिस (mitosis) भन्नाले सन्तानोत्पादन नगर्ने कोषको कोष विभाजनलाई जनाउँदछ। यसबाट निस्केका कोषहरूमा उत्तिकै संख्यामा Chromosomes हुन्छन् र यस प्रक्रियाद्वारा कोष विभाजन ४ वटा Phase मा पूरा हुन्छन्।

Meiosis पनि कोष विभाजनको एउटा प्रकार हो। यसमा पुरुषमा Sperm र महिलामा Ovum को उत्पादन गर्दछ। यस कोषको आधा संख्यामा मात्र Chromosome हुन्छन् र Fertilization पछि मात्र Chromosome को संख्या पूरा हुन्छ। जस्तै : Sperm को XY मध्ये X / Ovum को XX मध्ये एउटा X Chromosome मिलेमा XX Chromosome बाट Female baby जन्मन्छ। Sperm को XY बाट YChromosome and Ovum को X Chromosome मिलेमा XY Chromosome बाट Male baby जन्मन्छ।

System(प्रणाली)

विभन्नि अंगहरू मिलेर एउटा निश्चित काम गर्दछ। त्यसलाई प्रणाली System भनिन्छ। जस्तै पाचन प्रणाली, खाना खाने, पचाउने र निष्काशन गर्ने, शरीरमा जम्मा ११ वटा प्रणाली हुन्छ । सबैको आ–आफ्नो कार्य हुन्छ र सबैले आफ्नो निश्चित काम गर्छन्।

  • Cardiovascular / Circulatory system
  • Digestive System
  • Respiratory System
  • Nervous System
  • Endocrine System
  • Integumentary System
  • Lymphatic System\immune system
  • Musculoskeletal System
  • Renal System
  • Reproductive System
  • Excretory system

Tissue (तन्तु)

तन्तु कोषहरू मिलेर बनेको संरचनागत विशेषता र कार्य क्षमता भएको कोषहरूको समूह हो। जम्मा ४ किसिमका तन्तुहरू हुन्छन्।

  • Epithelial Tissue

    Connective Tissue को काम झिल्लीद्वारा ढाकिएको बनावटको रक्षा गर्नु, उत्सर्जन गर्नु र शोषण (Absorption) गर्नु हो।

  • Connective Tissue

    Connective Tissue मानव शरीर प्रशस्त मात्रामा पाइने कसरी ३० प्रतिशत र अन्य तन्तु र अरु अंगहरूलाई बनावट र अवशोषण कार्य (Metabolic) मा सहयोग गर्ने प्रकृतिको तन्तु हो। Major functions of the Connective tissue are:

    • Binding and Structural support
    • Protection
    • Transport
    • Insulation

  • Muscular Tissue (मांसपेसी तन्तु)

    यो एक प्रकारको तन्तु हो जसले शरीरमा गति पैदा गर्दछ। शरीरको तौलको ४०–५० प्रतिशत मांसपेशी हुन्छन्। मांसपेसी करिब ७५ प्रतिशत पानी र २५ प्रतिशत ठोस पदार्थ मिलेर बनेको हुन्छ। मुख्यत मांसपेसी दुई प्रकारका हुन्छन्।

    • इच्छाधीन मांसपेसी (Voluntary Muscle) आफ्नो इच्छाअनुसार चलाउन र खुम्च्याउन सकिने मांसपेशीहरूको समूहलाई इच्छाधिन मांसपेसी भनिन्छ .
    • स्वाधीन मांसपेशी (Involuntary Muscle) यी मांसपेशीहरूलाई आफ्नो इच्छाअनुसार चलाउन सकिँदैन। यी मांसपेशीहरू शरीरको भित्री अंगहरूको भित्तामा पाइन्छ।
  • Nervous Tissue

    यो एक प्रकारको तन्तु हो जो nervous System मा हुन्छ। Neuron भनेको Nervous System को सबैभन्दा सानो इकाई।

    Neuron का मसिना हाँगाहरूको मुठो एक ठाउँमा जम्मा भएको अवस्थालाई स्नायू (Nerves) भनिन्छ। Neuron मा कोष विभाजन प्रक्रिया नहुने र यसलाई बाँच्नका लागि निरन्तर रूपमा इद्द र Glucose को आपूर्ति हुनुपर्दछ।

  • Organ (अंग)

    विभिन्न खाले तन्तुहरू मिलेर खास काम गर्दछ त्यसलाई अंग भनिन्छ। शरीरमा लगभग ७८ Organs छन्। ति मध्ये क्पष्ल सबैभन्दा ठूलो अंग हो। त्यसैगरी मुटु, दिमाग, कलेजो, फोक्सोर मृगौला महत्वपूर्ण अंग हुन्।

    organs

Infectious diseases

Infectious diseases

Pulmonology